गृहपृष्ठ युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन् । यूरोपको भ्रमण स्थगित गरेर उनी भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न त्यस क्षेत्रमा जान लागेका हुन् ।

राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जाने बताइएको छ । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो ।

मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते अवस्थामा रहेका छन् ।

प्रकाशित समय : ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु