गृहपृष्ठ घोराही उपमहानगरले भूकम्पपीडितलाई १५ लाख दिने
घोराही उपमहानगरले भूकम्पपीडितलाई १५ लाख दिने
जाजरकोटका भूकम्प पीडितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि दाङको घोराही उपमहानगरपालिकाले १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी १ हजार ३६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्ने निर्णय गरेको हो ।
शुक्रबार जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिको परिवारको राहत, उद्धार तथा पुरःस्थापनाका लागि प्रदेश सरकारसँगै स्थानीय तहहरुले पनि सहयोग रकम घोषणा गरिरहेका छन् ।
प्रकाशित समय : ०९:३३ बजे

















