गृहपृष्ठ सोमबारको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने
सोमबारको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज (सोमबार) बिहानसम्म देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित समय : ०९:२३ बजे