काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमडिएमएस प्रणलीमा आवद्ध नभएका मोबाइलहरु १५ दिनपछि बन्द हुदैँ

6.97K
shares

नेपाल दुरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा आवद्ध नभएका मोबाइल फोनहरु १५ दिनपछि नचल्ने भएका छन् ।

प्राधिकरणले शनिबार एमडिएसएस प्रणालीमा नेपालको दूरसञ्चार सेवा प्रदायकहरुको नेटवर्कमा आवद्ध भई दर्ता नभएका मोबाइलहरु १५ दिनपछि दर्ता नभएमा सेवा अवरुद्ध हुने जानकारी दिएको हो । प्राधिकरणले विधिपूर्वक १५ दिनभित्र प्रणालीमा दर्ता गराउन पनि आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘यदि १५ दिनभित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाईल ह्यान्डसेटहरुमा नियमानुसार मोबाईल दूरसञ्चार सेवा अवरुद्ध हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।