गृहपृष्ठ राजनीतिक दल र तस्करी व्यापारीलाई व्यवसायी प्रसाईका भनाइ चुनौती
राजनीतिक दल र तस्करी व्यापारीलाई व्यवसायी प्रसाईका भनाइ चुनौती
नेपालमा आर्थिक मन्दी चरममा पुगेको राजनीतिकदेखि व्यवसायीहरुले बताउन थालेका छन् । पछिल्लो समयमा मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले सार्वजनिक कार्यक्रममा भनेजस्तै राजनीतिक दलका केही नेताहरु तथा सरकारमा सहभागि भएकै दलका नेताहरुले पनि आर्थिक मन्दीका कारण देशको अर्थतन्त्र कता जान्छ भनेर बताउन सक्ने अवस्था नभएको अभिव्यक्ति दिन थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल एक कार्यक्रममा अध्ययन र वैदेशिक रोजगारीमा नेपालीहरु विदेशीने क्रम जारी रहे नेपालमा पढ्ने विद्यार्थी, काम गर्ने नागरिक, नर्स, डाक्टर र अन्य क्षेत्रमा केही वर्षमा काम गर्ने जनशक्ति पाउन मुश्किल हुने धारण राखेका थिए । प्रचण्डले पनि प्रसाईले गत वैशाखमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर भनेजस्तै गरी देशमा वैदेशिक रोजगारीका कारण धेरै ठुलो समस्या आउने, जनशक्ति विदेशीदा देशलाई नोक्सानी भइरहेको र भविष्यमा यसले ठुलो दुर्घटना निम्त्याउने स्वीकारेका छन् ।
प्रधानमन्त्रीले भनेजस्तै गरी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि देशको अर्थतन्त्र कसरी सुधार्ने सकिन्छ भनेर चिन्ता व्यक्त गरेका छन् । उनले नेपालमा भइरहेको सुन तस्करी,अवैध व्यापार र केही व्यापारी नै तस्करीमा संलग्न भएका कारण नेपालको अर्थतन्त्र विग्रिएको सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।
यस्तै, यो विषयमा पछिल्लो समयमा राजनीतिक विलेश्क, विभिन्न क्षेत्रका विज्ञ र राजनीतिक दलको नेताहरुपनि सार्वजनिक कार्यक्रममै बोल्न थालेका छन् । केही दिनअघि राजनीतिक विलेश्क सुरेन्द्र केसीले व्यवसायी दुर्गा प्रसाईले भनेजस्तै देशमा एक पछि अर्को घटना घट्दै गएको बताएका थिए । उनले प्रसाईले नेपाली जनताका लागि सार्थक आवाज उठाइरहेको पनि बताएका थिए ।
विगत एक वर्षदेखि मेडिकल व्यवसायी प्रसाईले वैदेशिक रोजगारी, तस्करी व्यापारी, केही मारवाडी व्यापारी, वैदेशिक अध्ययन र हाल देशमा देखिएको समस्याका विषयमा आवाज उठाउँदै आएका छन् । उनले भनेजस्तै पछिल्लो समय देशको अवस्था, राजनीतिक अस्थिर, आर्थिक तरलता, तस्करी र अन्य विषयमा बहस हुन् थालेको छ । प्रसाईले सार्वजनिक रुपमै उठाउँदै आएका समसामयिक विषय राजनीतिक दल र केही तस्करी व्यापारीका हकमा लाई चुनौती भइरहेको छ ।
उनले उठाएका आवाजअनुसार नै देशको अवस्था देखिएका कारण पनि सम्बन्धी उनीहरुले चुनौतीका रुपमा लिएको सामाजिक सञ्जालमा बहस पनि हुन् थालेको छ ।
प्रकाशित समय : २०:४८ बजे


















