गृहपृष्ठ क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ।
भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो।
सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ। तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन।
यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको थियो।
प्रकाशित समय : ०८:११ बजे



















