गृहपृष्ठ पुत्र वियोगमा रहेका कलाकार सानु ताम्राकारको निधन

पुत्र वियोगमा रहेका कलाकार सानु ताम्राकारको निधन

पुत्र वियोगमा रहेका कलाकार सानु ताम्राकारको निधन

अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए ।

उनको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु