nmb bank

गृहपृष्ठ कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाइँदै

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाइँदै

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाइँदै

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुलामञ्चमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने कार्यक्रम रहेको छ ।

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो ।

उनीहरुको मृत्य भएपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लालाई जोडेर ६ नं प्रदेश घोषणा गरेको थियो ।

प्रकाशित समय : १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु