गृहपृष्ठ मकवानपुरमा पहिरोले घर बगाउँदा १ को मृत्यु, ६ अझै बेपत्ता
मकवानपुरमा पहिरोले घर बगाउँदा १ को मृत्यु, ६ अझै बेपत्ता
मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् ।
अविरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नीको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।
पहिरोमा परी घाइते भएकी ५५ वर्षीय शान्तिमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर वाग्मती–५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित समय : ०९:१९ बजे


















