माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने
वि.सं.२०८० साउन १८ बिहीवार ०७:३८
shares

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् ।
बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ ।
बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल भइरहेको छ ।
























