global ime bank Long Banner Ad

गृहपृष्ठ २१ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

२१ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

२१ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल यही साता नवीकरण गर्ने भएको छ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

केन्द्रीय बैंकले साउन १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिलको आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ १२ गते, कात्तिक १४ गते र माघ १६ गते परिपक्व हुनेछन् ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु