global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एमाले महासचिवको प्रश्न– गोदाममा छापामार्न १० दिन किन लगाइयो ?

एमाले महासचिवको प्रश्न– गोदाममा छापामार्न १० दिन किन लगाइयो ?

एमाले महासचिवको प्रश्न– गोदाममा छापामार्न १० दिन किन लगाइयो ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले १५५ केजी सुन प्रकरणमा संलग्न रहेको कम्पनीको गोदाममा छापामार्न किन १० दिन लगाएको भनि सरकारसँग प्रश्न गरेका छन् । गोदाममा १० दिनपछिमात्रै छापामार्नुमा अर्को षड्यन्त्र भएको हुनसक्ने आशंका महासचिव पोखरेलको छ ।

महासचिव पोखरेलले १० दिन पछिमात्रै छापामार्नु अनुसन्धानको प्रकृयामाथि चलखेल हुनसक्ने संकेत गरे । उनले उक्त विषयमा संसद अझ बढी गम्भीर र जिम्मेवार हुनुपर्ने धारणा राखे ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखे, ‘१० दिनपछि सुनतस्करी गर्ने मजदुरका नाममा दर्ता भएको कम्पनीको गोदाममा छापा मार्दा फेला परेको व्रेक सु मा सुन फेला पर्ने कुनै सम्भावना रहदैन होला । तर व्रेक सु को भिडियो फुटेज र तौल समेतका आधारमा कति सुन तस्करी भएको रहेछ भन्ने अनुमान भने गर्न सकिन्छ होला । तर कम्पनी दर्ता नै जालसाजीपूर्ण रहेको तथ्य सार्वजनिक भएको स्थितिमा गोदाममा छापामार्न दस दिनको समय किन लगाइयो भन्नेको प्रश्नको घेरामा अनुसन्धान प्रकृया अवश्य परेको छ । अहिलेसम्मको ठुलो मानिएको सुन तस्करीको विषय संसदमा प्रवेश भएको छ । यस्तो विषयमा संसद अझै गम्भीर र जिम्मेवार हुन सक्नु पर्दछ ।’

प्रकाशित समय : ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु