गृहपृष्ठ सामाजिक सुरक्षा कोषमा ६ लाख ६२ हजार श्रमिक सहभागि, ३८ अर्ब रकम जम्मा
सामाजिक सुरक्षा कोषमा ६ लाख ६२ हजार श्रमिक सहभागि, ३८ अर्ब रकम जम्मा
सामाजिक सुरक्षा कोषमा भएयता १ लाख ७२ हजार २४५ रोजगारदाता प्रतिष्ठान सूचिकरण भएका छन् । भने, वैदेशिक रोजगारीमा कार्यरत सहित ६ लाख ६२ हजार ३ सय जना श्रमिक आवद्ध भएको कोषको तथ्यांकमा छ ।
औपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारी, वैदेशिक रोजगारीमा गएका श्रमिकले हालसम्म ३८ अर्ब रुपैयाँ योगदान गरेको रकम जम्मा भएको कोषले जानकारी दियो ।
हालै, सुरु गरेको औपचारिक रोजगारीको क्षेत्रबाट अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रममा निजी संगठित क्षेत्रका १८ हजार ४५ रोजगारदातासँग आवद्ध भएको कोषको तथ्यांकमा छ ।
कोषले लक्षित गरेका क्षेत्रमा करिव १३ लाख रोजगारीमा रहेको र क्रमशः आवद्धता बढ्दै जाने अनुमान कोषको छ । यस मध्ये अन्तरिक श्रमिकको संख्या ४ लाख २५ हजार ५२५ सुचिकृत भएको कोषले जनाएको छ ।
२०७५ साल मंसिरबाट सञ्चालनमा आएको कोषमा आन्तरिक र वैदेशिक रोजगारीमा कार्यरत श्रमिकको सहभागिता बढ्न थालेको कोषले जनाएको छ । सरकारले चैतदेखी वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ल्याएको थियो ।
कोषले योगदानकर्ताले रकम रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएस मार्फत नै जम्मा गर्ने व्यवस्था मिलाइएको कारण पनि सूचिकृतको संख्या बढेको हो ।
वैदेशिक रोजगारीमा रहेका ३० लाख कामदारलाई कोषमा समेट्ने योजनाका साथ काम भइरहेको कोषका सह–प्रवक्ता रोहित रेग्मीले जानकारी दिएका छन् ।
कोषले अनौपचारिक र स्वरोजगार, सरकारी अस्थायी तथा करारमा रहेका श्रमिक र निजी तथा संगठित क्षेत्रका श्रमिक समेट्ने नयाँ योजना ल्याइरहेको उनले बताए ।
कोषमा आबद्ध भएका रोजगारदाता सुचिकृत भई आफ्ना श्रमिक तथा कर्मचारीको समेत सम्पूर्ण विवरणसहित सुचिकरण गराउनुपर्ने नियमअनुसार नै कोषमा सहभागि भइरहेको उनी बताउँछन् ।
वैदेशिक रोजगारीमा रहेका, जाने तयारी रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन थालेका छन् । उनीहरुले मासिक ३ हजारसम्म कोषमा योगदान गदै आएका छन् ।
सामाजिक सुरक्षा कोषमा कामदारको न्युनतम् पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा हुन्छ । त्यसमध्ये ११ प्रतिशत रकम कामदारको तलबबाटै काटिन्छ भने बाँकी २० प्रतिशत रोजगारदाताले थपेर कामदारको नाममा कोषमा जम्मा गर्नुपर्छ ।
योगदानकर्ताको न्यूनतम तलबको ३१ प्रतिशत मासिक रुपमा जम्मा हुन्छ । यसमध्ये २८.३३ प्रतिशत ‘वृद्ध अवस्था सुरक्षा योजना’को पेन्सनमा खर्च हुन्छ । भने, औषधोपचार, सुत्केरी खर्च दुर्घटना बीमा लगायतका सुविधामा जान्छ ।
अहिलेको नियमअनुसार कोषमा न्युनतम १५ वर्ष वा १ सय ८० महिना योगदान गरेपछि मात्र कामदार पेन्सनको हकदार बन्न सक्छ । त्यतिले मात्रै पुग्दैन, उमेरले ६० वर्ष पनि काट्नैपर्छ ।
९० हजारले पाउँछन् सुविधा
२०७५ मंसिर ११ मा योजनाको औपचारिक घोषणा गरिएयता हालसम्ममा आबद्ध करिब ९० हजार भन्दा बढी श्रमिकले कोषले प्रदान गर्ने विभिन्न सुविधा लिदै आएको कोषको तथ्यांकमा छ ।
कोषमा सेवाग्राहीलाई भुक्तानी गरेको ५ अर्ब ११ करोड मध्ये अवकाश दाबीमा ४३ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ वितरण भएको छ । योगदान रकम मध्ये विभिन्न ४ योजना अन्र्तगत लाभग्राही श्रमिक र उनीहरुका परिवारले ५ अर्ब ७८ करोड १९ लाख रुपैयाँ सामाजिक सुरक्षा रकम प्राप्त गरिसकेको छ ।
कोषमा ३८ अर्ब ६५ कारोड रुपैयाँ बराबरको योगदान रकम संकलन हुँदा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तनी भएको कोषको तथ्यांकमा छ ।
कोषका अनुसार ३६ हजार ५९३ जनाले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गतको सुविधा, १ हजार ८ सय ८८ जनाले दुर्घटना तथा अशक्तता सुविधा, २२४ जनाले आश्रित परिवार सुविधा र १९ हजारले वृद्धावस्था सुविधा लिएका छन् ।
कोषका अनुसार औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम ६० करोड ५० लाख रुपैयाँ वितरण गरिएको छ । आश्रित परिवार सुरक्षा दाबी वापत ८ करोड ९१ लाख र दुर्घटना तथा अशक्तता सुरक्षा अन्र्तगत ७३ करोड २ लाख रुपैयाँ भुक्तनी भएको कोषले जनाएको छ ।
प्रकाशित समय : ०७:४० बजे




















