global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले देशभरि नै हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश क्षेत्रमा सामान्य बदली रही मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति भने कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु