गृहपृष्ठ नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठक कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्दैछ ।
पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार बिहान १० बजेदेखि सचिवालय बैठक सुरु हुनेछ ।
यसअघि असार ३० गतेका लागि तय भएको बैठक आज बस्न लागेको हो ।
बैठकमा समसामयिक विषयमा छलफल र समीक्षा गर्नुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनीत सम्बन्धी छलफल हुनेछ ।
प्रकाशित समय : ११:१८ बजे


















