गृहपृष्ठ स्थानियसँगै जनप्रतिनिधि नै आन्दोलित (१० तस्विरसहित)

स्थानियसँगै जनप्रतिनिधि नै आन्दोलित (१० तस्विरसहित)

स्थानियसँगै जनप्रतिनिधि नै आन्दोलित (१० तस्विरसहित)

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा बञ्चरेडाँडावासीले पुनः अवरोध भएको छ । सोमबार बिहानैदेखि नुवाकोट ककनी गाउँपालिकाका र धादिङको धुनबेसी १ का जनप्रतिनिधि र स्थानीयले अवरोध गरेका हुन् ।

अवरोधपछि काठमाडौं उपत्याकाको फोहोर बोवकेर ल्यान्डफिल साइट सिसडोलरवञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन् । फोहोर व्यवस्थापन राम्रो नहुँदा प्रभावित भएको भन्दै ककनी गाउँपालिका र धुनिबेँशी १ का स्थानीय आन्दोलित भएका हुन् ।

काठमाडौंको फोहोरका कारण जनस्वास्थ्यमा असर देखिएको भन्दै धुनिबेसी र ककनीका नागरिकहरू लामो समययता आन्दोलनमा छन् ।

अघिल्लो वर्ष भदौमा पनि लामो आन्दोलन गरेका उनीहरू काठमाडौं महानगरसँग ४ बुँदे सहमति गरेपछि आन्दोलनबाट फिर्ता भएका थिए । तर त्यो सहमति कार्यान्वयन हुन नसकेको उनीहरूको आरोप छ ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु