गृहपृष्ठ प्रधानमन्त्री पत्नी सीताको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित
प्रधानमन्त्री पत्नी सीताको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बस्ने तय भएको बैठक बिहीबारका लागि सरेको छ ।
संसद सचिवालयले विशेष कारणवश बैठक सारिएको बताए पनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बुधबारको बैठक स्थगित गरिएको हो ।
बुधबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट विधेयक पारित गर्ने तयारी थियो ।
प्रकाशित समय : १०:३५ बजे




















