global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मौद्रिक नीतिको आगामी कार्यदिशाबारे अर्थ समितिमा छलफल हुने

मौद्रिक नीतिको आगामी कार्यदिशाबारे अर्थ समितिमा छलफल हुने

मौद्रिक नीतिको आगामी कार्यदिशाबारे अर्थ समितिमा छलफल हुने

मौद्रिक नीतिको कार्यदिशाबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दैछ । आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाईएको छ ।

संघीय संसद सचिवालयमा बुधबार बस्ने अर्थ समितिको बैठकमा राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयका पदाधिकारीसँग मौद्रिक नीतिबारे छलफल गर्ने तयारी गरिएको छ ।

बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका अन्य विविध विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डाक्टर प्रकाशशरण महत लगायतसँग विषयगत छलफल हुने बताइएको छ ।

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु