global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नर्भिकमा प्रचण्डपत्नी सितालाई श्रदान्जली दिन पुगे शीर्ष नेता

नर्भिकमा प्रचण्डपत्नी सितालाई श्रदान्जली दिन पुगे शीर्ष नेता

नर्भिकमा प्रचण्डपत्नी सितालाई श्रदान्जली दिन पुगे शीर्ष नेता

उपचारका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा शीर्ष नेताहरूसहित अन्य नेता कार्यकर्ताहरूको भीड लागेको छ ।

अहिले प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरू नर्भिक पुगेका छन् ।

मन्त्रीहरू नारायणकाजी श्रेष्ठ, रेखा शर्मा, मोहनबहादुर बस्नेत र रञ्जिता चौधरी नर्भिकमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अस्पताल पुगेका छन् ।

बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय श्रद्धाञ्जली दिइने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने दाहाल सचिवालयले जनाएको छ । दाहालको शव अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजे माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा राखिने छ ।

माओवादी केन्द्रकी सल्लाहकार समेत रहेकी सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सीता लामो समयदेखि अर्धचेत थिइन् ।

नेपालसहित विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । अन्तत.उनको आज निधन भयो ।

बिहान ८.३३ बजे नर्भिक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो। प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।० रोगबाट पीडित दाहालका ६९ वर्षको उमेरमा निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले पुष्टि गरे।

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु