global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ग्लोबल आईएमई बैंकको ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सार्वजनिक

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सार्वजनिक

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सार्वजनिक

ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जाविना धितो प्रदान गर्नेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ ।

२१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आईएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आईएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदीअरब, कतार, ओमान, यूएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेकोछ ।

बैंकले यूके एड, सीप दक्षता कार्यक्रम, आईएमई पे र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु