global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी भएका उक्त साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए ।

साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन् । उनीहरुको चयनबाट संस्थाको नेतृत्व समूह अझ बलियो भएको छ । नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास गरिएको छ ।

दोस्रो वार्षिक साधारणसभा च्याप्टरका लागि महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ । साधारण सभाले व्यावसायिक प्रगति, सञ्जालीकरणको अवसर तथा सामुदायिक सहभागिताको प्रतिबद्धता व्यक्त गरेको हुँदा यसले संस्थाको सशक्तीकरणमा ठूलो योगदान गर्ने ठानिएको छ ।

सुुबिनको गतिशील नेतृत्व र उनको समर्पित टिमअन्तर्गत संस्थाले नयाँ उचाइ हासिल गर्ने अपेक्षा पनि गरिएको छ । मञ्चको ललितपुर च्याप्टरले साधारण सभा भव्य रुपमा सफल बनाउन योगदान गर्ने सबै शुभेच्छुक र सरोकारवालाप्रति कृतज्ञता ज्ञापन गरेको छ ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु