global ime bank Long Banner Ad

गृहपृष्ठ नर्भिक आइभिएफको एकमहिने विशेष प्याकेजः ओपिडी निःशुल्क, फलोअप पनि सित्तैमा

नर्भिक आइभिएफको एकमहिने विशेष प्याकेजः ओपिडी निःशुल्क, फलोअप पनि सित्तैमा

नर्भिक आइभिएफको एकमहिने विशेष प्याकेजः ओपिडी निःशुल्क, फलोअप पनि सित्तैमा

नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गत नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ ।

नर्भिक आइभिएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ सम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो।

उक्त सर्जरी प्याकेजमा नर्भिक आइभिएफकी वरिष्ठ स्त्री रोग तथा टेस्ट्युव वेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा। नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवं उपचार गर्नेछ ।

सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेसन, पाठेघरको ट्युमर, शिस्टलगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रिया समेटिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।

कुनै पनि महिलाको बच्चा नहुने अप्रेसन गर्न वा त्यस्तो अप्रेसनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले क्याम्पमा सहभागिता जनाउन सक्ने हस्पिटलकी वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा। नुतन शर्माले बताइन्।

नर्भिक हस्पिटलको सेवामा सर्वसाधरणको पहुँचलाई बिस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा नर्भिक आइभिएफबाट भारी छुटसहितको एक महिने विशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।

यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रिमरूपमा नाम दर्ता गराउनुपर्ने अस्पताले जनाएको छ। नाम दर्ताका लागि हस्पिटलको हटलाइन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न सकिनेछ।

सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीलाई ओपिडी शुल्क निःशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैसा लाग्ने छैन।

विभिन्न कारणले सर्जरीका लागि पालो पर्खिएका वा सर्जरीको योजनामा रहेका बिरामीले डा। शर्मासँग निशुल्क परामर्श गराई आफ्नो सुविधाअनुसार दुरबिन प्रविधिबाट शल्यक्रिया गराउन सक्नेछन्। दुरबिन प्रविधिबाट गरिने अप्रेसन बिरामीका लागि निकै सुविधायुक्त र फाइदाजनक मान्ने गरिन्छ।

अस्पतालको बसाई कम हुने, घाउ छिटो निको हुने, हर्नियाको जोखिम कम हुनेलगायतका फाइदाका कारण पनि ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीको आर्कषण पछिल्लो समय बढ्दै गएको चिकित्सकको भनाइ छ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु