गृहपृष्ठ इलामको महभीर चटानमा आरोहणको रुट वनाउने कार्य सुरु
इलामको महभीर चटानमा आरोहणको रुट वनाउने कार्य सुरु
विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा इलाम नगरपालिका वडा नं ८ मा रहेको महभीर चटानमा आरोहणको रुट वढाउने कार्य सुरु गरिएको छ । उक्त रुट फिक्सिगको लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीले गरेका थिए ।
साथमा सहयोगीहरु सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका छन् । यसको व्यवस्थापन भने क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको छ ।
इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट महभीरमा रहेको चटानमा ६ वटा विभिन्न ग्रेडको रुट बनाउने कार्य भइरहेको विश्व कीर्तिमानी सगरमाथा आरोही इलाम पर्यटन सदभावना दूत महर्जनले बताइन् ।
रुट बनाउने कार्य एक हप्ताभित्र सकाउने योजना राखिएको छ । नेपालको पूर्वी क्षेत्रमा बनाउन लागिएको यो पहिलो रहेको जनाइएको छ ।
प्रकाशित समय : १७:४१ बजे

















