global ime bank Long Banner Ad

गृहपृष्ठ ‘प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन’

‘प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन’

‘प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन’

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा सोच्न पनि नसकिने र उनले राजीनामा पनि नदिने प्रष्ट पारेकि छिन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसक्नुभएकाले यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको बताईन ।

“प्रधानमन्त्रीले धेरै पहिलेको प्रसङ्ग उल्लेख गर्नुभएको हो । सम्बन्धित व्यक्तिले पनि यसबारेमा स्पष्ट पारिसक्नुभएको छ, यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय पनि होइन, उहाँले राजीनामा पनि दिनुहुँदैन”, मन्त्री शर्माले भनिन् ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । मन्त्री शर्माले एमालेले संसद् अवरुद्ध गरिरहँदा सरकारले ल्याएको मिटरव्याज विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको उल्लेख गर्दै यो प्रधानमन्त्रीले राजीनामा दिने विषय नै नभएको बताईन । “एउटा कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर संसद् अवरुद्ध गर्न हुँदैन”, उनको भनाइ थियो ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु