गृहपृष्ठ झापाको मोहनमाया माध्यमिक विद्यालयलाई दुर्गा प्रसाईको ४ करोड सहयोग
झापाको मोहनमाया माध्यमिक विद्यालयलाई दुर्गा प्रसाईको ४ करोड सहयोग
झापाको मोहनमाया माध्यमिक विद्यालयलाई दुर्गा प्रसाईको ४ करोड सहयोग
व्यवसायी विएनसि हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले झापाको मोहनमाँया माध्यामीक विद्यालय चारपानेलाई १२ कोठे विद्यालय बनाउन ४ करोड सहयोग गरेका छन् ।
दृष्टिविवहिन व्यक्तिको लागि उक्त स्कुल बनाईएको हो । नवनिर्मित भवन प्रसाईंले नै उद्घाटन गरेका हुन् ।

आज झापा विर्तामोर्ड–२ मा भवनको उद्घाटन गर्दै प्रसाईले नेपालको शैक्षिक क्षेत्र सुधार्न सवौको आवश्क रहेको प्रसाईले बताएका छन् । उक्त विद्यालय अपांगता भएका व्यक्तिको निम्ती बनाईएको हुनाले अपांगता भएका व्यक्तिलाई अध्ययन गर्ने सहयोग समेत पुग्ने प्रसाईले बताए ।
‘यो सामुदायिक विद्यालय हो । पूर्वको सबैभन्दा राम्रो पढाइ हुने स्कुल हो’ प्रसाईंले भने, ‘कान नसुन्ने र आँखा नदेख्नेहरुलाई पढ्न सहज होस् भनेर यो भवन बनाएको हुँ । यो भवनमा १२ कोठा छन् र ४–५ करोड जति खर्च भएको छ ।’
कान नसुन्ने, आँखा देख्ने विद्यार्थीका लागि सहज होस् भनेर आफूले विद्यालयका लागि भवन बनाएको प्रसाईंले बताए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर श्रेष्ठले यस्तो सहयोगले अपांगता भएका व्यक्तिलाई ठूलो राहात भएको भन्दै प्रसाईलाई धन्यवाद दिए ।



प्रकाशित समय : १४:०१ बजे


















