गृहपृष्ठ एमालेकाे अवराेध हटेपछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्रीले सम्बोधन गर्ने
एमालेकाे अवराेध हटेपछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्रीले सम्बोधन गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न तयार भएको हो ।
बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठक एमालेले बहिष्कार गरेको थियो । यद्यपि एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभाले पारित गरेको थियो ।
बुधबार दिउँसो १ बजे पनि प्रदेश सभाको बैठक राखिएको छ । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाएका थिए ।
सो बैठकमा एमालेले उठाउँदै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन संचालनमा अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक चौधरीले जानकारी दिए ।
प्रकाशित समय : ०८:५६ बजे



















