global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने मन्त्रिपरिषद्को निर्णय

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने मन्त्रिपरिषद्को निर्णय

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको हो । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने भन्ने निर्णय भएको छ’, सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

असारसम्मको बाँकी अवधिमा आयोगसम्बन्धी कानुन संसद्‌बाट ल्याउन असम्भव भएपछि आयोगको कार्यावधि पुस मसान्तसम्म लम्ब्याउनका लागि सरकारले बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको हो ।

प्रकाशित समय : ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु