गृहपृष्ठ मलेसियाविरुद्ध नेपालले दियो २५३ रनको लक्ष्य
मलेसियाविरुद्ध नेपालले दियो २५३ रनको लक्ष्य
नरेन भट्टको शतकमा नेपालले मलेसियाविरुद्ध २५३ रनको विशाल लक्ष्य दिएको छ। मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नरेनले ८२ बलमा १ सय रनको लक्ष्य पूरा गरे।
उनले अविजित ११२ रन बनाए । निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा नेपालले २५२ रन जोड्यो ।
नेपालका निरजकुमार यादवले ४७ रन जोडे । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् ।
आज मलेसियालाई हराउन सकेमा नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ । यसअघि नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो ।
प्रकाशित समय : १०:२३ बजे


















