गृहपृष्ठ सय बढी कामदार पठाउने म्यानपावरको सूचि सार्वजनिक, धेरै पठाउने द रिभर ओभरसिज
सय बढी कामदार पठाउने म्यानपावरको सूचि सार्वजनिक, धेरै पठाउने द रिभर ओभरसिज
वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म रोजगारीका लागि विदेश कामदार पठाउने म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेकोे हो ।
वैदेशिक रोजगार विभागले हालसम्म सय जनाभन्दा बढी कामदार पठाएका म्यानपावर कम्पनीको नाम सार्वजनिक गरेकोे हो । चालु आर्थिक वर्षमा करिब ७ लाखभन्दा नेपाली वैदेशिक रोजगारीमा गएको विभागका अनुमान छ ।
५ हजार १२ जना कामदार पठाएको द रिभर ओभरसिज प्रालि सूचीको पहिलो नम्बरमा रहेको विभागले जनाएको छ । द रिभरले खाडी देश र मलेसिया फ्रि भिसा र फ्रि टिकटमै कामदार वैदेशिक रोजगारीमा पठाउँदै आएको छ । रिभरले गत आर्थिक वर्षमा पनि सोही हाराहारीमा कामदार रोजगारीका लागि विभिन्न देश पठाएको विभागको तथ्यांकमा छ ।
भने, दोस्रोमा रहेकोे इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले ५ हजार २ जना, तेस्रो स्थानमा रहेकोे वाइडस्पेश इन्टरनेशनल प्रालिले ३ हजार ९ सय २० जना पठाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार सूचीको चौथोमा रहेकोे निलकमल ह्युमन रिसोर्सेज प्रा.लि.ले ३ हजार ६ सय ४१ जना, पाँचौंमा रहेकोे एक्सेस पार्टनर्स प्रालिले ३ हजार ४ सय २८ जना, छैटौंमा रहेको मोन्टेज ओभरसिज प्रालिले ३ हजार ३ सय ९८ जना पठाएको छ । सूचीको सातौं नम्बरमा रहेकोे मेरिडियन ओभरसपज प्रालिले ३ हजार ३ सय ३९ जना, आठौं नम्बरको एसओएस ओभरसिज प्रालिले ३ हजार २ सय ९६ जना, नवौं नम्बरको मास ह्युमन रिसोर्स प्रालिले ३ हजार १ सय १५ जना, दशौं स्थानमा रहेकोे फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिले २ हजार ८ सय ८६ जना, एघारौं स्थानमा रहेको ओमेगा इन्टरनेशनल प्रालिले २ हजार ६ सय ५४ जना, बाह्रौं नम्बरको साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालिले २ हजार ५ सय ९७, तेह्रौं नम्बरको लक्की एचआर सोलुसन प्रालिले २ हजार ५ सय १७ जना, चौधौं नम्बरको बिएस ओभरसिज प्रालिले २ हजार ३ सय ७६ जना, पन्ध्रौं नम्बरमा रहेको मुस्कान ओभरसिज प्रालिले २ हजार ३ सय ३२ जना पठाएको छ ।
सूचीको सोह्रौं नम्बरमा रहेको पाल्ही ओभरसिज प्रालिले २ हजार २ सय ५६ जना, सत्रौं नम्बरको दित्या इन्टरनेशनल प्रालिले २ हजार २ सय २३ जना, अठारौं नम्बरको ट्रष्ट नेपाल ओभरसिज प्रालिले २ हजार २ सय ८ जना, उन्नाइसौं नम्बरको एयर किंग्स प्लेसमेन्ट प्रालिले, २ हजार २ सय ३ र बिसौं नम्बरमा रहेका काबेली ह्युमन रिसोर्स प्रा.लि. र मिनवा रिक्रुटमेन्ट एचआर प्रालिले समान २ हजार १ सय २३ पठाएका छन् ।
एक्काइसौं नम्बरको लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रालिले २ हजार ८० जना, बाइसौं नम्बरमा रहेकोे लाइफ इन्टरनेशनल ओभरसिज प्रालिले २ हजार ५३ जना, तेइसौं नम्बरको प्याराडाइज इन्टरनेशनल प्रालिले १ हजार ९ सय ८२ जना, चौबिसौं नम्बरको देवान कन्सल्ट्यान्स प्रालिले १ हजार ९ सय ७० जना र पच्चीसौं नम्बरमा रहेको स्वीफ्ट एचआर सोलुसन प्रालिले १ हजार ९ सय ३६ जना पठाएका छन् ।
विभागले यसअघि असार मसान्तसम्मको विवरण साउनको पहिलो हप्ता सार्वजनिक गर्ने गरेकोेमा यसपटक आर्थिक वर्ष समाप्त हुन करिब दुई हप्ताको समय बाँकी रहँदै हालसम्मको विवरण सार्वजनिक गरेकोे हो । म्यानपावर कम्पनी नवीकरण प्रयोजनका लागि उक्त सूची सार्वजनिक गरिएको बताइएको छ ।
प्रकाशित समय : ११:०२ बजे


















