गृहपृष्ठ भारतले मूल्य १६१ रूपैयाँ घटाएर पठायो ग्यास, पेट्रोल र मट्टीतेलमा कति घट्यो ?
भारतले मूल्य १६१ रूपैयाँ घटाएर पठायो ग्यास, पेट्रोल र मट्टीतेलमा कति घट्यो ?
भारतले खाना पकाउने एलपिजी ग्यासको मूल्य घटाएर पठाएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर १६१ रूपैयाँ घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।
मूल्य घटेर आएसँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त हुने निगमले जनाएको छ । यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर १६० रूपैयाँ घाटा हुँदै आएको निगमको भनाई छ ।
आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ।
त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ।
नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।
अब आन्तरिक बजारमा भने पेट्रोलियम पदार्थको मूल्य के हुनेछ भन्नेबारे निगम सञ्चालक समितिले छलफल गर्ने ठाकुरले बताए ।
हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ रहेको छ।
इओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ।
प्रकाशित समय : १०:१९ बजे


















