गृहपृष्ठ साउदी बन्दुक आक्रमणमा ज्यान गुमाउने बागलुङका नैनसिंह

साउदी बन्दुक आक्रमणमा ज्यान गुमाउने बागलुङका नैनसिंह

साउदी बन्दुक आक्रमणमा ज्यान गुमाउने बागलुङका नैनसिंह

 

साउदी अरबमा बुधवार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको परिचय खुलेको छ । ज्यान गुमाउनेमा रुपन्देहीका ५९ वर्षीय नैनसिंह नेपाली रहेको बीबीसीले जनाएको छ । सरकारी विवरणमा भने उनको जन्मस्थान बागलुङ उल्लेख छ ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार नैनसिंहका छोरा पनि अहिले साउदीको रियादमा कार्यरत छन् । घटनाको बारेमा नैनसिंहको परिवारलाई घरमा जानकारी गराइसकिएको दूतावासले जनाएको छ ।

नैनसिंह साउदीको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डकोरुपमा कार्यरत थिए । बुधबार कारमा आएका एक बन्दुकधारी अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका थिए । उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको थियो । त्यही गोली लागेर नैनसिंह नेपालीको ज्यान गएको हो ।

 

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु