काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बुटवलको तिनाउ नदीले सतर्कता तह पार गर्ने चेतावनी

6.89K
shares

अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ ।

बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख गरेको छ ।

नदीमा पानीको सतह ५.६ (एम) खतराको तह भएकोमा ७.२२ (एम) सतहमा पुगेको सूचनामा उल्लेख छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा बसोबास गर्नेहरूलाई दिउँसो तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।