गृहपृष्ठ सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायतका सबै विवरण माग गरेको हो ।

पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जानकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले बताएको छ ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ । दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवस्था छ ।

साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु