काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१२ वटा स्थानिय तहको बजेट सार्वजनिक

3.42K
shares

आगामि आर्थिक वर्ष २०८०–०८१ को लागि स्थानिय तहले आज बजेट ल्याउँदैछन् । तर, यो अघि नै १२ वटा पालिकाले आगामि आर्थिक वर्षको लागि बजेट ल्याईसकेका छन् । त्यसरी बजेट ल्याउनेमा कोशी प्रदेशका दुई, मधेस प्रदेशका एक, बाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका पाँच र सुदूरपश्चिम प्रदेशका दुई स्थानिय हत रहेका छन् ।
कोशी प्रदेश अन्तर्गत इलामको देउमाई नगरपालिका र मोरङको जहदा गाउँपालिकाले असार ७ गते बजेट ल्याएका छन् ।

मधेस प्रदेश अन्तर्गत महोत्तरीको एकडारा गाउँपालिकाले पनि ७ गते नै बजेट ल्याएको छ।

यस्तै, बाग्मती प्रदेश अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिकाले ७ गते र सिन्धुलीको मरिण गाउँपालिकाले ५ गते नै बजेट सार्वजनिक गरिसकेका छन् ।

यस्तै, गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको शहीद लखन गाउँपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाले असार ७ गते तथा बाग्लुङको बरेङ गाउँपालिकाले ८ गते बजेट सार्वजनिक गरिसकेका छन् ।

साथै सुदूरपश्चिम प्रदेशबाट कैलालीको जानकी गाउँपालिकाले असार ८ गते र दार्चुलाको दुहुँ गाउँपालिकाले असार ७ गते बजेट सार्वजनिक गरिसकेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट पेस र पारित गर्ने व्यवस्था छ । पेस भएको बजेटमाथि कार्यतालिका बनाइ १५ दिनभित्र छलफल हुनुपर्छ । छलफल सकिएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्ने व्यवस्था छ । सुझावसहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनःपेस्नु पर्छ । सभाले पेस भएको बजेट असार मसान्तभित्र पारित गर्नु पर्छ ।