nmb bank

गृहपृष्ठ देश छोड्न नपर्ने वातावरण बनाउँदै छौं : अर्थमन्त्री महत

देश छोड्न नपर्ने वातावरण बनाउँदै छौं : अर्थमन्त्री महत

देश छोड्न नपर्ने वातावरण बनाउँदै छौं : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा उद्यमीहरूलाई प्रवर्द्धन गर्नेगरी अहिलेको बजेटमा विभिन्न व्यवस्था गरिएको बताएका छन् । उनले डिजिटल उद्यमको क्षेत्रमा संलग्न युवाहरूलाई विभिन्न सहुलियत दिएर देश छोड्नु नपर्ने वातावरण बनाउन आफूहरूले पहल गरिररहेको बताए ।

काठमाडौंमा आयोजित नेपाल डिजिटल कन्क्लेभलाई सम्बोधन गर्दै महतले अबको भविष्य डिजिटल र ग्रीन अर्थतन्त्र भएको कुरामा आफूहरू सचेत रहेको उल्लेख गरे । उपलब्ध डिजिटल प्रविधिलाई कसरी धेरैभन्दा धेरै जनतासम्म सर्वसुलभ गराउने र देशभित्र र बाहिर रहेका सूचना प्रविधीकर्मीहरूमार्फत कसरी नेपाललाई डिजिटल उत्पादनहरूको हब बनाउने भन्ने दुईवटा प्राथमिकताहरू अहिले सरकारकोरहेको उनले बताए ।

आफू फुलब्राइट छात्रवृत्तिमा पढ्न जाँदा अमेरिकाले कसरी आफ्नो देशमा नवप्रवर्तन र डिजिटल पूर्वाधारहरू विकास गर्दै थियो भन्ने अनुभव सुनाउँदै मन्त्री महतले कुनै पनि देशले सबै क्षेत्रमा उत्तिकै प्रगति गर्न नसक्ने र नेपालले डिजिटल तथा ग्रीन अर्थतन्त्रमा जोड दिएर व्यापार घाटा कम गर्ने काम गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु