nmb bank

गृहपृष्ठ पुल बगाएपछि हेवा खोलामा फड्के तयार

पुल बगाएपछि हेवा खोलामा फड्के तयार

पुल बगाएपछि हेवा खोलामा फड्के तयार

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका ७ को संगममा पर्ने हेवा खोलामा बाँसको फड्के लगाइएको छ । असार ३ गते गएको बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको यस क्षेत्रका यात्रुलाई आवागमन गर्न सहज होस् भनेर फड्के हालिएको हो ।

फड्के बनाउन नेपाली सेनाको रणशेर गणका प्राविधिकसँगै स्थानीय युवाहरुले सहकार्य गरेका थिए । पुल बगाएपछि एक घन्टासम्म उकालो, ओरालो हिँडेर झोलुङ्गे तर्दै सवारी साधनको पहुँचमा पुग्नु पर्ने अवस्थालाई सहजीकरण गर्न स्थानीय र सुरक्षा निकायको प्रयासमा फड्के हालिएको हो ।

अब ताप्लेजुङतर्फबाट खोलापारी आएका यात्रु करिब १० मिनेटको यात्रा पछि फड्के तरेर सवारी साधनको पहुँचमा आइपुग्न थालेका छन् ।

यसैबीच बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्ड आज साँझ सम्ममा सुचारु हुने भएको छ ।

प्रकाशित समय : ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु