गृहपृष्ठ विश्वकप छनोट : नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य
विश्वकप छनोट : नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य
आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १ सय ६७ रनको दियो ।
टस हारेर ब्याटिङ थालेको नेपालले राम्रो खेल्न सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भिम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पभेलिन फर्किएका थिए ।
नेदरल्यान्ड्सको बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । बास दी लिदी र विक्रमजित सिंहले दुई÷दुई विकेट लिँदा क्लेटन फ्लाृइड र आर्यन दत्तले समान एक विकेट लिए ।
प्रकाशित समय : १६:३० बजे


















