global ime bank Long Banner Ad

गृहपृष्ठ पौडी खेल्दा हुन्छन् यी फाइदा

पौडी खेल्दा हुन्छन् यी फाइदा

पौडी खेल्दा हुन्छन् यी फाइदा

गर्मी बढेको छ यतीबेला धेरै मानिसहरू पौडी खेल्न मन पराउँछन् । यती बेला कोही स्वीमिङ पुलमा पौडी खेली रहेका हुन्छन् भने कोही नदीहरुमा । पौडी आफैंमा एक खेल, व्यायाम तथा मनोविज्ञानका हिसाबमा पनि उपयोगी छ ।

पौडी खेल्ने सबै उमेरका मानिसहरूका लागि उत्कृष्ट व्यायाम हो । । साना बालबालिकादेखि वृद्ध उमेरका व्यक्तिसम्म सबैलाई पौडीले लाभ गर्दछ । पौडिदा शरीरको आलस्यता तथा थकान कम हुनुका साथै मानसिक चिन्तासमेत घट्छ । पौडिँदा शरीरमा एकरूपता हुने भएकाले मानसिक चिन्ताबाट मुक्ति मिल्ने ,फिजिसियन डासिभिल हस्पिटलका फिजिसियन डा. जेनर कुरुम्बङ बताउँछन् ।

पौडिदा साना बालबालिकाहरूको बौद्धिक विकासमा समेत मद्धत मिल्दछ । नियमित पौडिने बालबालिकामा भाषा, सीप र आत्मविश्वासको विकास तथा स्तर बढ्दछ । साथै मुटुलाई फाइदा पौडिदा मुटुलाई विशेष लाभ हुन्छ । पौडिदा शरीरमा पर्ने बलले धमनीलाई सक्रिय तथा सशक्त बनाउँछ । मुटु सुन्निएकोमा पौडी खेल्दा लाभ मिल्न सक्छ ’उनले भने ।

पौडिदा शरीरबाट अत्याधिक मात्रामा क्यालोरी खर्च हुन्छ, जसले दौड्दाभन्दा बढी लाभ पु¥याउने गर्दछ । यसले शरीरको मोटोपना तथा अनावश्यक क्यालोरी घटेर जाने गर्दछ । यसका साथै पौडी खेल्दा मांसपेसी सक्रिय भई यसमा तागत बढ्ने गर्दछ । शरीरले धेरै शक्ति खर्चिने भएकाले समग्र शरीरकै व्यायामसमेत हुने’ उनले बताए ।

पौडिनुको सबैभन्दा बढी फाइदा शरीरका हाडहरूमा हुने गर्दछ । पौडी खेल्दा बोन मिनरल डेन्सिटी र फेमोरल बोन नियन्त्रण भई शरीरको हाड मजबुत हुने गर्दछ । साथै पौडी खेल्दा चोटपटकको दुखाइ कम गर्न, जोर्नीहरूलाई थप लचिलो बनाउन मद्दत गर्न सक्छ ’उनले भने ।

पौडिनुका केही फाइदाहरु :

ढपौडी खेल्दा तौल कमगर्न सहयोग हुन सक्छ ।
पौडी खेल्दा मुटुको स्वास्थ्य हुन्छ ।
पौडीले मस्तिष्कको शक्ति बढाउन सक्छ ।
पानी कसरतले मूडमा राख्न सक्छ ।
पौडी खेल्नाले निन्द्रामा मद्दत गर्न सक्छ ।

पौडी खेल्नु गर्भावस्थामा पनि सुरक्षित छ। फोक्सोको कार्य सुधार हुन्छ ।साथै पौडी खेल्दा पानी को शुद्धता लाई पनि हेर्नुपर्ने हुन्छ । पानी फोहोर छ भने त्यहाँ पौडिदा छाला समस्या पनि आउसक्ने उनको भनाइ छ ।

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु