global ime bank Long Banner Ad

गृहपृष्ठ गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु

गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताए ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

मन्त्रीसहित पाँचजना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये मन्त्री सिंहकी श्रीमती र भाउजूको मृत्यु भइसकेको छ । उनका पीएसओ दीपक भण्डारी गम्भीर घाइते छन् ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु