global ime bank Long Banner Ad

गृहपृष्ठ के हो प्यानिक डिसअर्डर ?

के हो प्यानिक डिसअर्डर ?

भूमिका बिष्ट/न्युजकाराेबार

के हो प्यानिक डिसअर्डर ?

व्यस्त जीवनशैलीले मानिसहरुलाई व्यस्त त बनाएको छ नै, तर त्यति हुदाँहुँदै पनि मानिसहरु बेला बेला काम कै कुराहरूबाट चिन्तित भइ जीवनशैली तनावयुक्त बनाउँछन् । यसबाहेक धेरै जसो सम्बन्धबाट मानिस दिक्क भएर जब एक्लो हुन्छ तब, तनाव, चिन्ता र डर जस्ता कारणहरूले प्यानिक डिसअर्डर हुने सम्भावना हुन्छ ।

नेशनल कमोरबिडिटी सर्भे रेप्लिकेशन (एनसीएस–आर) को निदानात्मक अन्तर्वार्ताको डेटामा १८ बर्षभन्दा माथिका अमेरिकी वयस्कहरूमा प्यानिक डिसअर्डर विगत वर्षको व्यापकता देखाउँछ । अनुमानित २.७ प्रतिशत अमेरिकी वयस्कहरूलाई गत वर्षमा प्यानिक डिसअर्डर भएको थियो ।

गत वर्ष मात्रै वयस्कहरूमा प्यानिक डिसअर्डरको व्याप्ति महिलाहरू (३.८ प्रतिशत) पुरुषहरू (१.६ प्रतिशत) भन्दा बढी थियो ।

अनुमानित ४.७ प्रतिशत अमेरिकी वयस्कहरूले आफ्नो जीवनमा कुनै न कुनै समयमा प्यानिक डिसअर्डरको अनुभव गर्छन् ।

प्यानिक डिसअर्डर र यसबाट कसरी बच्ने लगायतका बिषयमा कान्ति बाल अस्पतालकी चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्यानिक डिसअर्डर के हो ?

प्यानिक डिसअर्डर एक प्रकारको चिन्ता गडबडी हो । यो शारीरिक लक्षणहरुसँग सम्बन्धित छ । जस्तै मुटु धड्किने, सासको गति कम हुने, पसिना आउने काप्ने, छातिमा असहज महसुस हुने र रिंगटा लाग्ने आदि हुन्छ । प्यानिक डिसअर्डर भएका व्यक्तिहरुले यि लक्षण्हरुलाई कुनै गम्भिर रोगको लक्षण हो भनेर चिन्ता लिन थाल्छन् । र यसबाट बच्न सबैबाट टाढा बस्न थाल्छन् । यसरी टाढा रहदा डर र चिन्ताको अनुभवहरु बढ्छ जसले गर्दा अत्यास र चिन्ता निम्त्याउँछ ।

प्यानिक डिसअर्डर के कारणले हुन्छ ?

प्यानिक डिसअर्डर बिभिन्न कारणहरुले हुनसक्छ जस्तैः आफुले माया गरेको व्यक्तिले कुनै प्रकारको धोका दियो भने, उसको चिन्ता बढ्छ र डिसअर्डरको सुरुवाद हुनसक्छ । त्यस्तै कुनै व्यक्ति लामोसमयसम्म बेरोजगार बसिरहेको छ र उसमा त्यहीँ कुराको काम कारणले चिन्ता बढिरहेको छ भने, पनि यसको सुरुवाद हुनसक्छ । प्यानिक डिसअर्डर धेरै कारणहरुले हुनसक्छ । जसमा यि कारणहरु समावेश गरिएका छन् ।

१ जैविक कारणहरु : बंशानुगत ,
२ मनोवैज्ञानिक कारकहरु : चिन्ता उन्मुख व्यक्तिहरु, निराशावादी र आफुलाई सुरक्षित महसुस नगर्नेहरु
३ वातावरणीय कारकहरु : बाल्यकालमा भएका नकारात्मक अनुभवहरु

प्यानिक डिसअर्डर भएको कसरी थाहा पाउने ?
१ मुटु तिब्र गतिमा धड्किनु ।
२ पसिना आउनु ।
३ श्वास फेर्न गाह्रो हुनु ।
४ निसासिएको भावना आउनु ।
५ वाकवाकी वा पेट दुख्नु ।
६ चक्कर लाग्नु वा हल्का टाउको दुख्नु ।
७ आफुमा नियन्त्रण गुमाउने डर हुनु ।
८ पागल हुने वा मर्ने डर हुनु ।
९ छाती दुख्नु ।
१० गर्मी महसुस हुनु ।
११ हातखुट्टा झम्झमाएको अनुभूति हुनु ।

प्यानिक डिसअर्डरको उपचार के हो ?

यसको उपचार भनेको मनोचिकित्सा र औषधी उपचार हो । डाक्टरले दिएको औषधि लिएमा प्यानिक डिसअर्डरका लक्षणहरु कम गर्न सकिन्छ । यसका साथै संज्ञानात्मक व्यवहारिक चिकित्सा प्यानिक डिसअर्डर र एगोराफोबियाको लागि प्रभावकारी उपचार हो । व्यक्तिको चिन्ता घटाउने र उसको सुविधा क्षेत्रहरु बढाउने लक्ष्यसहित व्यक्तिको तर्कहीन चिन्ता, सोचाईलाई परिमार्जन गर्नका लागि सक्रिय सहभागिता आवश्यक हुन्छ ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु