global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालगञ्जमा कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी ९ हजार घुससहित पक्राउ

नेपालगञ्जमा कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी ९ हजार घुससहित पक्राउ

नेपालगञ्जमा कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी ९ हजार घुससहित पक्राउ

नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गंगाराम बृजवासीलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु