global ime bank Long Banner Ad

गृहपृष्ठ गाडी दुर्घटनामा पूर्वमेयरको मृत्यु

गाडी दुर्घटनामा पूर्वमेयरको मृत्यु

गाडी दुर्घटनामा पूर्वमेयरको मृत्यु

गाडी दुर्घटनामा परी स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ ।

शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

चापाकोट–४ दार्सिङमा ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो ।

प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा छ ।

प्रकाशित समय : ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु