गृहपृष्ठ टोपबहादुर र खाँणसहित ८ जना भद्रबन्दी गृहमा, बाँकी ८ जनालाई केन्द्रीय कारागार राखियो
टोपबहादुर र खाँणसहित ८ जना भद्रबन्दी गृहमा, बाँकी ८ जनालाई केन्द्रीय कारागार राखियो
जिल्ला अदालत काठमाडौंको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागारका दुई छुट्टाछुट्टै भवनमा राखिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधका दुई पूर्वमन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ ।
केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, समशेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पालाई भन्द्रबन्दी गृहमा राखिएको छ ।
त्यस्तै नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखिएको हो ।
प्रकाशित समय : ०७:१० बजे



















