global ime bank Long Banner Ad

गृहपृष्ठ यूएसएडद्धारा महालेखालाई १० लाख अमेरीकी डलर सहयोग

यूएसएडद्धारा महालेखालाई १० लाख अमेरीकी डलर सहयोग

यूएसएडद्धारा महालेखालाई १० लाख अमेरीकी डलर सहयोग

यूएसएआईडीले महालेखापरिक्षकको कार्यालयलाई दिएको १० लाख अमेरीको डलर बराबरको कार्यक्रम सुरु भएको छ ।

शुक्रबार महालेखाको कार्यालयमा एक कार्यक्रम गरी सुरु गरिएको हो ।
उक्त सहयोग रकमको मुख्य उद्देश्य परिक्षक कार्यालयको क्षमता अभिवृद्धि गर्नु भएको नायब महालेखापरीक्षक रबीन्द्र प्रसाद देवकोटाले न्युज कारोबारलाई जानकारी दिएका छन् ।

सहयोग रकमबाट पुरानो सुचना प्रणालीलाई परिवर्तन गरी नयाँ प्रणालीमा जाने समेत देवकोटाको भनाई छ ।

‘हामीले अहिले सम्म सहयोग रकम के–के शिर्षकमा खर्च गर्ने भनेर खाका बनाई सकेको छैन, मोटोमोटी रुपमाा मात्र तय भएको छ’ देवकोटाले भने, ‘तर, मुख्यतय क्षमता अभिवृद्धिमा नै त्यो रकम खर्च हुन्छ ।’

देवकोटाका अनुसार उक्त सहयोग दिने सम्झौता एक वर्ष आगाडि अर्थ मन्त्रालय र यूएसएआईडीको बीचमा भएको थियो । शुक्रबारको कार्यक्रमसँग उक्त सम्झौता कार्यान्यवयनमा जने छ ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु