काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन

9.95K
shares

काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ ।

आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पुरुषले आत्मदाह प्रयास गरेपछि माइतीघर मण्डलामा आन्दोलन थप चर्किएको छ ।