लागूऔषधसहित कैलालीमा एक जना पक्राउ
वि.सं.२०८० जेठ ३० मंगलवार १८:४१
shares

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जानकी गाउँपालिका–१ दुर्गौलीबाट वडा नम्बर २ परागीपुरका २० वर्षीय अर्जुन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन् ।
११० मिलिग्राम लागूऔषधसहित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

























