global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राजस्व बढाउने भनेको कागती निचोरे जस्तो होइन : अर्थमन्त्री महत

राजस्व बढाउने भनेको कागती निचोरे जस्तो होइन : अर्थमन्त्री महत

राजस्व बढाउने भनेको कागती निचोरे जस्तो होइन : अर्थमन्त्री महत

आज संसदमा अर्थमन्त्री डा. प्रकासशरण महतले बजेटको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजस्व कसरी बढाउने भन्ने विषयमा जवाफ दिए ।

उनले राजस्व बढाउने भनेको कागती निचोरे जस्तो गरेर कर उठाउने नभएको बताएका छन् । ‘राजस्वको दायरा बढाउने भनेको हामीले कागती निचोरे जसरी कर बढाउने होइन’, महतले भने, ‘हामीले अर्थतन्त्र नै चलायमान गरेर स्वभाविक रुपमा सबै वर्ग समुहले जसले कर तिर्नुपर्ने सिद्धान्त हो ।’

राजस्व वृद्धिदरको लक्ष्य पुरा गर्ने सक्ने समेत महतको भनाई छ । राजस्व वृद्धि गर्ने आधारमा काम गर्न सुरु गरिसकेकाले त्यसको लक्ष्य पुरा हुने महतको दावी छ ।

‘यो काम(राजस्व वृद्धि) अर्थमन्त्रालयले मात्र गरेर हुँने होइन, समग्र हाम्रो राज्य संम्रचना एक भएर काम गर्नुपर्छ,’ महतले भने, ‘अहिले देखि नै हामी काम गर्ने थाल्छौँ ।’

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु