गृहपृष्ठ स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाको निर्वाचन जेठ ३२ मा हुने
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाको निर्वाचन जेठ ३२ मा हुने
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को निर्वाचन जेठ ३२ गते हुने भएको छ । इप्पानको निर्वाचन समितिले सुचना निकाल्दै निर्वाचन मिति र निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
मतदाता नामावली प्रकाशन, नामावलीमा दावी विरोध, दावी विरोध उपर छानविन जेठ २९ गते हुने निर्वाचन समितिले जनाएको छ । जेठ ३० गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता, नामावली प्रकाशन, दावी विरोध र दावी विरोधको छानविन एकै दिन हुँने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारको मनोनयन फिर्ता जेठ ३० गते बेलुका ५ बजेदेखि जेठ ३१ गते दिउसो ३ बजेसम्म हुने छ । अन्तिम नामावली प्रकाशन जेठ ३१ गते दिउँसो ४ बजे सर्वाजनिक हुनेछन् । जेठ ३२ गते साधारण सभाको वन्दसत्र पछि मतदान हुने छ । मतगणना र नतिजा प्रकाशन निर्वाचन पछि क्रमिक रुपमा हुने समितिले जाएको छ ।
निर्वाचन हेरिटेज प्लाजा कमलादीमा हुने छ । साधरण सभा र निर्वाचन बाहेकका अन्य सम्पुर्ण क्रियाकलाप इप्पानको कार्यलयबाट हुने समितिले जनाएको छ ।
प्रकाशित समय : १६:०७ बजे


















