global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु लाइफको साधारणसभा सम्पन्न, महालक्ष्मी लाइफलाई गाँभ्ने प्रस्ताव पारित

प्रभु लाइफको साधारणसभा सम्पन्न, महालक्ष्मी लाइफलाई गाँभ्ने प्रस्ताव पारित

प्रभु लाइफको साधारणसभा सम्पन्न, महालक्ष्मी लाइफलाई गाँभ्ने प्रस्ताव पारित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न भएको छ ।

पाँचौं वार्षिक साधारण सभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहँदै आएका छन् ।

साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १स्१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु