global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताएका छन् ।

नारी शक्ति जागरण आमा समूह पोखरा–१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ ।

बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनको भनाइ छ ।

अहिलेसम्म दुई सयभन्दाबढी प्रकारका बाथरोग पहिचान भएको उनको भनाइ छ । नेपालमा पुरुषको तुलनामा महिलामा बढी बाथरोग देखिएको भन्दै उनले बोसोको मात्रा र भिटामिन डीको कमी एवम् रगतको उतारचढावका कारण यो रोगको प्रकोप महिला वर्गमा बढी देखिने गरेको बताएका छन् ।

बाथरोग लागि सकेपछि चिल्लो पदार्थ कम खाने, दैनिक कम्तीमा एक घन्टा पैदलयात्रा गर्ने र चिकित्सक एवम् फिजियोथेरापिष्टको सल्लाहअनुसार व्यायाम गर्नाले फाइदा पुग्ने बताउँदै डा कर्माचार्यले भने, “बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरुमा फरक–फरक प्रकारका बाथरोग देखिने गरेको छ ।”

शरीरमा रोगसँग भिड्ने शक्ति कमजोर हुँदै गएपछि बाथरोग सक्रिय बन्ने उनको भनाइ छ । वंशाणुगत, वातावरण र हर्मोनहरुको कारण यो रोगले आक्रमण गर्ने गरेको उनले बताए । विश्वमा थुप्रै अनुसन्धान भइरहे पनि बाथरोग लाग्नाका कारण अहिलेसम्म पत्ता नलागेको उहाँले जानकारी दिए ।

डा कर्माचार्य भन्नुहुन्छ, “जोर्नी सुनिने, आँखा रातो हुने र ढाड दुख्ने तथा छालामा पोल्ने, सञ्चो नहुने, घाउ देखापर्नु उक्त रोगका लक्षण हुन्, कुन किसिमको बाथरोग हो पत्ता लगाउन रगत परीक्षण र एक्स–रेको सहयोग लिन अपरिहार्य छ ।” उचित उपचार नभएमा औँलाको जोर्नी बाङ्गिने, मिर्गौैलालाई असर गर्ने, श्वासप्रश्वास बढ्ने फोक्सोको बाहिरी भागमा पानी जम्ने जस्ता समस्या देखिने उनको भनाइ छ ।

आमा समूहका अध्यक्ष प्यारी गुरुङका अनुसार शिविरमा एक सय जनाको रगत सङ्कलन गरिएको थियो । जसमा ५० जनामा कुनै न कुनै किसिमको बाथरोगको लक्षण देखिएको थियो ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु